काठमाडौँ । दुई महिना लामो अनुसन्धानपश्चात् कास्की जिल्ला प्रहरीले पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई मुद्दा चलाउन माग गर्दै जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको छ ।
प्रहरीले १ अर्ब ५१ करोड रुपैयाँ बिगो दाबी गर्दै प्रतिवेदन बुझाएको हो । सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा कारबाहीका लागि माग दाबी गर्दै प्रतिवेदनमा रविसहित उनका साझेदार तथा विभिन्न सहकारी संस्थाको रकम अपचलन गरी फरार ग्यालेक्सी टेलिभिजनका सञ्चाकल गितेन्द्रबाबु(जिबी) राई, पूर्वडीआईजी छविलाल जोशीसहित ५१ जनालाई प्रतिवादी बनाइएको छ ।
प्रतिवादी बनाइएका ५१ जनामध्ये १४ जना मात्रै प्रहरी हिरासतमा रहेका छन् भने बाँकी ३७ जना फरार रहेका छन् ।