शीर्षकहरू

नेप्सेमा झिनो वृद्धि, कारोबार रकम निरन्तर घट्दो

नेप्सेमा झिनो वृद्धि, कारोबार रकम निरन्तर घट्दो

काठमाडौँ । साताको तेस्रो दिन, दोस्रो कारोबार दिन मंगलबार नेप्सेमा झिनो वृद्धि देखिएको छ । यसदिन २.९५ अंकले बढेर नेप्से दुई हजार ६३३.८७ बिन्दुमा बजार बन्द भएको छ ।

आज १३ मध्ये ८ उपसमूहमा सुधार देखिँदा ५ उपसमूहको शेयर भने घटेको छ । कारोबारमा आएका २४४ मध्ये ११७ वटा कम्पनीको शेयर बढेकोमा ११७ वटा कम्पनीको शेयर घटेको छ । बाँकी १० कम्पनीको शेयरमूल्य भने स्थिर छ ।

कारोबार रकम भने निरन्तर घट्दो छ । सोमबार पाँच अर्ब ९३ करोड ५६ लाख रुपैयाँको एक करोड २७ लाख ४५ हजार ७७७ कित्ता शेयर खरिदबिक्री भएकोमा आज ४ अर्ब ३४ करोड रुपैयाँ बराबरको ८९ लाख ३९ हजार ३४८ कित्ता शेयर कारोबार भएकव छ ।