काठमाडौँ । सानिमा बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँग अलिप्ले प्लस नेटवर्क प्रयोगकर्ताहरूलाई सहज रुपमा अन्तरदेशीय भुक्तानी गर्न सम्झौता गरेको छ ।
यस सम्झौताअन्तर्गत, चीन, हङ्गकङ्ग, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाईल्याण्ड, दक्षिण कोरिया, स्वीडेन तथा इटली लगायतका देशहरुबाट नेपाल आएका पर्यटकहरु र अलिप्ले प्लसं प्रयोगकर्ताहरुले डोमेस्टिक वालेटमार्फत नेपालमा रहेका नेपाल पे क्युआर तथा यसका इन्टरपेरेबल क्युआर मा सजिलै भुक्तानी गर्न सक्नेछन् ।
उक्त सम्झौता पत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज संज्याल र नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमानसिंह प्रधानले हस्ताक्षर गरे ।