शीर्षकहरू

अस्मिता भण्डारी विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिको अध्यक्षमा निर्वाचित

अस्मिता भण्डारी विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिको अध्यक्षमा निर्वाचित

एजेन्सी । विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिको अध्यक्षमा अस्मिता भण्डारी निर्वाचित भएकी छन् । विश्व हिन्दू महासंघ इन्टरनेशनलको ११ औँ महासभा र महासभाबाट अस्मिता भण्डारी सर्वसम्मत अध्यक्षमा निर्वाचित भएकी छन् । यो सम्मेलन जनकपुरधामको जानकी मन्दिर परिसरमा आयोजना गरिएको हो । यसअघि कार्यवाहक अध्यक्ष भइसकेका भण्डारी महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन् ।

यसअघि पत्रकार भएर काम गरिसकेकी भण्डारी लेखक पनि हुन् । उनी लामो समयदेखि महासंघमा कार्यरत छन् । अन्तर्रा्ष्ट्रिय महासंघको संविधानबमोजिम अन्तर्राष्ट्रिय राष्ट्रपति चयनका लागि पाटन उच्च अदालतका पूर्वप्रधानन्यायाधीश शम्भुबहादुर खड्का, सुशीला ढकाल र भारतका अधिवक्ता रामनारायण चौधरीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो । राष्ट्रपतिमा भण्डारीको मात्रै उम्मेदवारी परेको थियो । त्यसपछि निर्वाचन समितिले उनको सर्वसम्मत चयनको घोषणा गरेको हो ।

तीनदिने अन्तर्राष्ट्रिय सम्मेलनको प्रमुख संरक्षक जानकी मन्दिर जनकपुरधामका महन्त रामतापेश्वर दास वैष्णव थिए । सम्मेलनमा भारत, नेपाल, अमेरिका, बेलायत, अष्ट्रेलिया, थाइल्याण्ड, बंगलादेशलगायत देशका विश्व हिन्दू महासंघका अन्तर्राष्ट्रिय शाखाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । महासंघले जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष वाइज तामाङ तथा नेपाल–भारतका सम्पूर्ण सन्तसन्तुहरु, निवर्तमान कार्यसमिति तथा शुभचिन्तकहरुलाई सम्मेलनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ ।