शीर्षकहरू

काठमाडौं पुरानो बसपार्कमा निर्माणधिन टावरमा अनियमितता भएको गुनासो

काठमाडौं । काठमाडौं महानगरपालिका–२८ पुरानो बसपार्कमा निर्माण सुरु गरिएको व्यापारिक टावर निर्माणका लागि भवन निर्माणको नक्सा पासमा अनियमितता भएको पाइएको छ । महानगरपालिका प्रवक्ता नवीन मानन्धरका अनुसार कामपाको आधिकारिक नक्सा पास प्रणालीबाट स्वीकृत भएको छैन् । 

भवन निर्माणको नक्सा पास कागजागतको अनुमति पत्रमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईले आधिकारिक प्रणालीबाट प्रक्रिया नै पूरा नगरी नक्सा स्वीकृति गरेको प्रवक्ता मानन्धरले बताए । उक्त विषयमा थप छानविन गरी नियम विपरित कार्य गर्ने जोकसैलाई कानून बमोजिम कारवाहीका लागि सिफारिस गर्न उनले माग गरेका छन् ।