काठमाडौं । यसअघि आर्थिक वर्ष २०७७/७८ मा लाभांश वितरण गरेको प्रोग्रेसिभ फाइनान्स लिमिटेडले तेस्रो वर्ष पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।
पुस ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । कम्पनीले हालसम्मको इतिहासमा आर्थिक वर्ष ०७७÷७८ को मुनाफाबाट ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
यस वर्षको वार्षिक साधारण सभा पुस २९ गते गर्ने तयारी कम्पनीले गरेको छ । सो सभा प्रयोजनका लागि पुस १५ गते एक दिन बुक क्लोज गर्न लागेको कम्पनीका पुस १४ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् ।