शीर्षकहरू

पर्वत पैयुँ खोला हाइड्रोपावर आईपीओ निष्काशनको तयारीमा

पर्वत पैयुँ खोला हाइड्रोपावर आईपीओ निष्काशनको तयारीमा

काठमाडौं । पर्वत पैयुँ खोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्काशनको प्रस्ताव गर्दै कम्पनीले पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ ।

वार्षिक साधारण सभामार्फत आईपीओ निष्कासनको प्रस्ताव पारित गर्ने तयारी कम्पनीले गरेको हो । सभा गाभबेसी, होटल, स्याङजामा विहान ११ बजे सुरु हुनेछ । सभाले कम्पनीको विद्यान संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

आईपीओ निष्काशनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्दै कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पनि पारित गर्नेछ ।