शीर्षकहरू

इन्फिनिटी लघुवित्तले निष्काशनमा ल्यायो २५ हजार कित्ता संस्थापक शेयर

इन्फिनिटी लघुवित्तले निष्काशनमा ल्यायो २५ हजार कित्ता संस्थापक शेयर

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले २५ हजार कित्ता संस्थापक शेयर निष्काशन गरेको छ । पुस १२ गते कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन पेश गर्न सक्ने गरी यी शेयर निष्काशनमा ल्याएको हो ।

इच्छुक शेयरधनीहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय गैडाकोट, नवलपरासी आवेदन पेश गर्नुपर्नेछ ।

पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीका लागि प्राथमिकतामा राखेको यी शेयर तोकिएको अवधिभित्र आवेदन नपरेमा दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थामा निष्कासन गरिनेछ ।