काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडका दुई संस्थापकहरुले फरक फरक मूल्यमा शेयर विक्री गर्ने भएको छ । पुस १२ गते सूचना जारी गर्दै कम्पनीले आईजे ग्रुप प्रालिले ३ लाख ७४ हजार ४५ कित्ता र राधेश्याम अग्रवालले ३३ हजार १३७ कित्ता शेयर निष्कासनमा ल्याएको हो ।
आईजे ग्रुपले प्रतिकित्ता २२५ रुपैयाँ र राधेश्याम अग्रवालले प्रतिकित्ता २७५ रुपैयाँमा यी शेयर विक्री गर्न लागेका हुन । यी शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन पेश गर्न सक्नेछन् । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्यमा के कति कित्ता खरीद गर्ने हो सो समेत खुलाई आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय सुन्धारा, काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् ।
तोकिएको अवधिभित्र माग बमोजिम आवेदन प्राप्त नभएमा भने अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री प्रक्रिया अघि बढाइने जानकारी कम्पनीले दिएको छ ।