शीर्षकहरू

भारतमा एक हजार बढी फ्रेन्चाइज भएको 'जावेद हबीब शैलुन' नेपालमा पनि शुरु

भारतमा एक हजार बढी फ्रेन्चाइज भएको 'जावेद हबीब शैलुन' नेपालमा पनि शुरु

काठमाडौँ । भारतको अग्रणी सूचिमा पर्ने 'जावेद हबीब शैलून' नेपालमा पनि सुरू भएको छ। 

काठमाडौँको ठमेलस्थित छाया सेन्टरमा शुक्रबारबाट सञ्चालनमा आएको फ्रेन्चाइज शैलुन 'जावेद हबीब: हियर एण्ड व्युटी' उद्घाटनका लागि स्वयं प्रख्यात 'बारबेर' जावेद हबीबले गरे। 

जावेदका अनुसार शैलुनको दुनियाँमा नयाँ–नयाँ विद्यार्थी उत्पादन गर्ने र तिनको सीप विकासमा टेवा पुर्‍याउने उद्देश्य रहेको छ। उनले भने, 'जावेद हबीब शैलुन फ्रेन्चाइज भए पनि यसको शाखाहरू विस्तार हुने क्रम छ र त्यही क्रमको शिलशिलामा नेपालमा पनि सुरू भएको छ।'

'शैलुनहरू नेपालमा नभएको होइन तर हामीले दिने सुविधाहरू भने केही फरक खालको रहने छ। गुणस्तारिय काम दिनुको साथै सेवाग्राहीलाई खुसी पनि पर्नेछौंँ,' उनले भने। 

नेपालमा पहिलोपटक आएका जावेदले नेपालको खाना र काठमाडौँको बसाइको बारेमा पनि खुलेर प्रशंसा गरे। 'नेपालीहरू माझ जावेद हबीब शैलुन खोल्न पाउनु नै मेरो सौभाग्य हो। नेपालीहरूले साह्रै आत्मियता देखाए। यो खुसीलाई म बिर्सिने छैन,' उनले भने, 'हामी स्वतन्त्र र टिकाउ व्यावसायिक अवसरहरू सिर्जना गर्छौँ जहाँ नयाँ युवाहरूलाई सिकाउँछौँ,जसका कारण उनीहरू संसारको जुनसुकै कुनामा गएर पनि काम गर्न सकुन।' 

नेपालका लागि सोनाम लामा सञ्चालक रहेकी छन्। उनले शैलुन करिब ५० लाख खर्चमा निर्माण गरिएकाे बताइन्।यो शैलुनमा 'हेयर कट,' 'ब्युटी,' 'ग्लोबर कलर,' 'हाइलाइट,' 'नङ पोलिस' 'फेसियल,' 'डिजाइनिङ,' जस्तो सेवाहरू प्रदान गर्ने छ। 

जावेद हबीब शैलुन भारतमा वेलनेस फैलाउने प्रमुखमा पर्छ। भारतमा मात्रै १ हजारभन्दा बढी शाखाहरू सञ्चालनमा आएका छन्