एजेन्सी । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार बिहान भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ८५ पुगेको छ ।
दक्षिण कोरियाको नेशनल फायर एजेन्सीले एक विज्ञप्ति जारी गर्दै उक्त विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ८५ पुगेको जनाएको छ । मृत्यु हुनेमा ३९ पुरुष र ४६ महिला रहेका छन् ।
आइतबार थाइल्याण्डको बैंककबाट आउँदै गरेको जेजु एयरको विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको हो । विमानमा सवार १८१ जना सवार थिए ।
समाचार एजेन्सी रोयटर्सका अनुसार दुई जनालाई जीवितै उद्धार गरिएको छ ।
दुर्घटनापछि वायुसेवा कम्पनी जेजु एयरलाइन्सले माफी मागेको छ ।