काठमाडौँ । ललितपुरको एकान्तकुनास्थित हस्पिटालिटी वर्ल्ड क्याम्पसमा खाना महोत्सव सम्पन्न भएको छ । शनिबार क्याम्पस परिसरमा तालिमरत विधार्थीहरूको अग्रसरतामा खाना महोत्सव सम्पन्न भएको हो ।
महोत्सवमा विधार्थीहरूद्वारा तयार पारिएका विभिन्न प्रकारका खानाहरुको सजावट गरिएको थियो । महोत्सवमा परम्परागत नेवारी खानाका परिकारदेखि विभिन्न अन्तर्राष्ट्रिय व्यञ्जनरुको ५ स्टलहरू समावेश थिए । उक्त महोत्सवमा आगन्तुकहरूले खानाका परिकारहरु पकाउने कला, खानको परिकारको परीक्षण सम्बन्धमा जानकारी लिनुका साथै पाककला सम्बन्धी वर्कशपहरुमा सहभागी हुने अवसर प्राप्त गरेका थिए ।
महोत्सवमा सामाजिक प्रभावकर्ता (सोसियल इन्फ्लुएन्सर), कलाकार र विभिन्न कलेजका विधार्थी लगायत सर्वसाधारण गरी करिव ५०० जनाको सहभागिता रहेको थियो । यस्तै विभिन्न परिकारका खानाहरूको स्वादसँगै मनोरञ्जनात्मक साङ्गीतिक कार्यक्रम पनि प्रस्तुत गराइ विजेताहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।
आयोजक संस्थाका प्रमुख कार्यकारी अधिकृत अमित राजले खाना महोत्सव केवल परिकारको उत्सव मात्र नभइ यसले समुदायलाई एकताबद्ध गर्ने काम गरेको बताए । यस महोत्सवले यस संस्थामा तालिमरत विधार्थीहरुको सिकाइमा थप इट्टा थप्ने काम भएको उनको भनाइ थियो ।
आगामी वर्ष अझ थप परिकार र आकर्षणहरूसहित पुनः महोत्सव आयोजना गरिने जानकारी उनले दिए ।