शीर्षकहरू

आशा लघुवित्तको बोनस शेयर कारोबारयोग्य, शेयरधनीको हितग्राही खातामा जम्मा

आशा लघुवित्तको बोनस शेयर कारोबारयोग्य, शेयरधनीको हितग्राही खातामा जम्मा

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको यस वर्षको १४ दशमलव २५ प्रतिशत बोनस शेयर पुस १३ गतेदेखि कारोबारयोग्य भएको छ । कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उक्त बोनस शेयर पुस १२ गते शुक्रबार सूचीकृत गराइसकेको छ ।

दोस्रो बजारमा कारोबारयोग्य उक्त बोनस शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा समेत जम्मा गरिएको जानकारी कम्पनीले दिएको छ । गत कात्तिक २५ गतेसम्म कायम शेयरधनीहरुले कम्पनीको बोनस शेयर प्राप्त गरेका हुन । यो बोनस शेयर कम्पनीको गत मंसिर ७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको थियो ।

कात्तिक २४ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका सदस्यहरुको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममा नै रोक्का राखिएकाले कर्जा राफसाफ भैसकेको भए बोनस शेयर फुकुवा गर्न समेत कम्पनीले भनेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।