एजेन्सी । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार बिहान भएको विमान दुर्घटनामा कम्तीमा पनि १२० जनाको मृत्यु भएको पुष्टि भएको छ ।
आइतबार थाइल्याण्डको बैंककबाट आउँदै गरेको जेजु एयरको विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटनामा परेको थियो । विमानमा ६ जना चालक दलका सदस्य र १७५ जना यात्रुसहित १८१ जना सवार थिए ।
जहाजमा सवार धेरैजसो यात्रुको मृत्यु भएको अनुमान गरिएको छ । दुई जनाको भने जीवितै उद्वार गरी अस्पताल लगिएको छ ।
दक्षिण कोरियाको जेजु एयरद्वारा सञ्चालित उक्त विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको स्थानीय दमकल विभागका अधिकारीहरूले बताएका छन् । दुर्घटनाको फुटेजले एक सेतो र सुन्तला रंगको विमान आफ्नो पेटमा रनवेमा तीव्र गतिमा दौडिरहेको देखिन्छ, उक्त विमान रनवेलाई ओभरशुट गर्दै ठोक्किएर विस्फोट भएको देखिन्छ ।