काठमाडौँ । हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् नजिक भएका शाखा सञ्जालहरूमध्ये नयाँ बानेश्वर शाखालाई स्थानान्तरण गरेको छ ।
उक्त शाखालाई कोटेश्वरमा कोटेश्वर शाखा नामबाट स्थानान्तर गरिएको हो । आइतबारदेखि उक्त शाखाबाट बैंकले सम्पूर्ण सेवा सञ्चालनमा ल्याएको छ ।
शाखाको शुभारम्भ बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अनुप मास्केले अन्य उच्चपदस्थ कर्मचारीहरु तथा अतिथिहरुको उपिस्थतिमा गरेका हुन् ।