शीर्षकहरू

कुमारी बैंकको ५० हजारभन्दा बढी कित्ता संस्थापक शेयर निष्काशनमा

कुमारी बैंकको ५० हजारभन्दा बढी कित्ता संस्थापक शेयर निष्काशनमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले ५० हजार १९ कित्ता संस्थापक शेयर पुस १५ गतेदेखि निष्काशन गरेको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुका लागि मात्र प्राथमिकतामा राखेर यी शेयर विक्रीमा ल्याएको हो ।

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय टंगाल, काठमाडौं वा शेयर रजिष्ट्रारको कार्यालय नागपोखरी, नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । यी शेयरको मूल्य विक्रेताले तोके बमोजिम हुने जानकारी कम्पनीले दिएको छ ।

विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।