काठमाडौं । मंगलबार ६ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको छ । लक्ष्मी सनराइज बैंक, साना किसान विकास लघुवित्त, सांग्रिला डेभलपमेन्ट बैंक, डिप्रोक्स लघुवित्त, शिवम् सिमेन्ट्स र आईसीएफसी फाइनान्सको लाभांश सुरक्षित गर्ने मंगलवार अन्तिम मौका हो । यी कम्पनीहरुले वार्षिक साधारण सभा र लाभांश प्रयोजनका लागि पुस १७ गते बुक क्लोजको मिति तय गरेको आधारमा मंगलवारसम्म शेयर कायम गर्नुपरेको हो ।
लक्ष्मी सनराइज बैंक हाल कायम चुक्ता पूँजीको आधारमा गत वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस २४ गते, अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा बिहान ११ बजे साधारण सभा बोलाएको छ ।
त्यस्तै, शिवम् सिमेन्टले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा ८ दशमलव ५५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४५ प्रतिशत नगद लाभांश वितरण गर्ने तयारी गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस २९ गते, राष्ट्रिय सभा गृह, भुकृटीमण्डप, काठमाडौंमा बिहान ९ बजे साधारण सभा बोलाएको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकले भने हाल कायम चुक्ता पूँजीको आधारमा ३ दशमलव ६५१६ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव १९२२ प्रतिशत नगद लाभांश वितरण गर्ने भइको छ । कम्पनीले उक्त प्रस्ताव पारत गर्न पुस २९ गते, आम्रपाली ब्याङ्क्वेट, बालुवाटार, काठमाडौंमा बिहान साढे १० बजे सभा बोलाएको छ । त्यसैगरी आइसिएफसि फाइनान्सले भने हाल कायम चुक्ता पूँजीको ५ दशमलव २६३२ प्रतिशतका दरले कर समेत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले उक्त लाभांश प्रस्ताव पारित गर्न पुस २९ गते बौद्ध हेरिटेज, बौद्ध पिपलबोट, काठमाडौंमा बिहान १० बजे सभा बोलाएको छ ।
डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा ९ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ शून्य दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस २६ गते, होटल सेभेन स्टार लिमिटेड, सौराह, चितवनमा बिहान १० बजे साधारण सभा बोलाएको छ ।
साना किसान विकास लघुवित्त वित्तीय संस्थाले १३ दशमलव ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ शून्य दशमलव ७० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । उक्त प्रस्ताव पुस २३ गते, कृषि विकास बैंक, केन्द्रिय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा बिहान १० बजे हुने सभाले पारित गर्नेछ ।