शीर्षकहरू

शून्य प्रतिशत ब्याजदरमै सीएफमोटोको २४० एनके किन्न पाइने

शून्य प्रतिशत ब्याजदरमै सीएफमोटोको २४० एनके किन्न पाइने

काठमाडौँ । सीएफमोटो नेपालले नयाँ वर्षको अवसर पारेर आफ्नो विशेष वित्तीय योजना 'न्यू इयर, न्यू राइड' सार्वजनिक गरेको छ । यस योजनाले ग्राहकहरुलाई शून्य प्रतिशत ब्याजदरमै २४ महिने सरल किस्ताबन्दीमा आफ्नो २४० एनकेकम्प्युटर सेग्मेन्टमा न्याकेड सिरिजको बाइक किन्न उत्कृष्ट अवसर प्रदान गरेको छ ।

यो योजना सीमित अवधिका लागि लागू गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पुस १६ देखि माघ १८ गते सम्म यो योजना लागू हुनेछ । न्यूनतम ५ शून्य प्रतिशत डाउन पेमेन्ट गरेर सरल किस्ताबन्दी योजनाका सीएफमोटोको २४० एनके खरिद गर्न सकिने कम्पनीको भनाइ छ । साथै, यस योजनाले सरल कागजी प्रकृया रुचि अनुसारको किस्ताबन्दी योजना रोज्ने सुविधा समेत प्रदान गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले यस सेग्मेन्टका आफ्ना ग्राहक युवा अवस्थाका रहेका र यस योजना अन्तर्गत शून्य प्रतिशत ब्याजदर बाट लाभ लिन सक्ने भएकोले यसले आफ्नो ब्राण्डलाई अझ पहुँचयोग्य बनाउने कुरामा विश्वास लिएको जनाएको छ । बिक्रीको साथसाथै कम्पनीले बिक्री पछिको सेवालाई अझ चुस्त र दुरुस्त बनाउन, स्पेयर पार्टसको सहज उपलब्धि तथा सर्भिस क्वालिटीलाई समेत उच्च प्राथमिकता दिएको जानकारी दिएको छ । 

यसका साथै २४० एनके नगदमा खरीद गर्ने ग्राहकहरुलाई रु. २५ हजार रुपैयाँ छुट, एक्सचेन्जमा रु. ३० हजार रुपैयाँ थप मूल्यांकनका साथै फ्रि गिफ्ट, हेल्मेट, १ वर्षको लागि सीएफमोटोको पार्टस खरीदमा १० प्रतिशत छुट समेत दिएको कम्पनीले जनाएको छ ।