काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य एक हजार ४ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोवार भएको छापावाला सुन बुधबार १४ सय रुपैयाँले बढेर १ लाख ५१ हजार रुपैयाँमा कारोवार भैइरहेको छ ।
यस्तै बुधबार चाँदीको मूल्य स्थिर रहेको छ । मंगलबार तोलामा १ हजार ७६५ रुपैयाँमा कारोवार भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भैइरहेको छ ।