शीर्षकहरू

युनिलिभर नेपालको अध्यक्षमा योगेश कुमार मिश्र नियुक्त

युनिलिभर नेपालको अध्यक्षमा योगेश कुमार मिश्र नियुक्त

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडको अध्यक्षमा योगेश कुमार मिश्र नियुक्त भएका छन् ।

कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीका निर्देशक मिश्रलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत दिएको जानकारी अनुसार अध्यक्ष मिश्रलाई जनवरी १ ,२०२५ अर्थात आजैका दिनदेखि लागू हुने गरी अध्यक्षमा नियुक्त गरिएको हो । मिश्र केमिकल इन्जिनियर हुन ।

उनी सन् १९९० देखि युनिलिभर नेपालसँग जोडिएका हुन् । कम्पनीमा यसअघि सञ्चालन व्यवस्थापन, उत्पादन र गुणस्तर व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरिसकेका छन् । उनी हाल सप्लाई चेन दक्षिण एशियाका कार्याकारी निर्देशक समेत रहेको कम्पनीको भनाइ छ ।