शीर्षकहरू

नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम खुम्चियो

नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम खुम्चियो

काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । यसदिन ५.१० अंकले बढेर दुई हजार ५८१.६० बिन्दुमा नेप्से उक्लिएर बजार बन्द भएको छ । 

आज सेन्सेटिभ इन्डेक्स ०.५८ र सेन्सेटिभ फ्लट इन्डेक्स ०.१७ अंकले घटेको छ भने फ्लट इन्डेक्स ०.१६ अंकले बढेको छ । आज १३ मध्ये ५ उपसमूहको शेयर घट्दा अन्यको भने बढेको छ । यसदिन बैंक, लगानी, लघुवित्त, म्युचुअल फण्ड र अन्यको शेयर घटेको हो ।

बुधबार कारोबारमा आएका २४२ कम्पनीमध्ये १५० कम्पनीको शेयरमूल्य बढ्दा ८८ कम्पनीको घटेको छ भने ४ को स्थिर रहेको छ ।

आज कारोबार रकम भने घटेको छ । मंगलबार ५ अर्ब ६७ करोड ४६ लाख रुपैयाँ बराबरको १ करोड ३१ लाख ७४ हजार कित्ता शेयर किनबेच भएकोमा यसदिन ३ अर्ब ५९ करोड ७४ लाख रुपैयाँ बराबरको ९४ लाख २४ हजार ९ कित्ता शेयर कारोबार भएको छ ।