शीर्षकहरू

प्रभु बैंकले सञ्चालनमा ल्यायो डिजिटल काउन्टर

प्रभु बैंकले सञ्चालनमा ल्यायो डिजिटल काउन्टर

काठमाडौँ । प्रभु बैंकले डिजिटल काउन्टर सञ्चालनमा ल्याएको छ । अँग्रेजी नयाँ वर्ष २०२५ को शुरुवातसँगै बैंकले विद्युतीय कारोवारलाई प्रवर्द्धन गर्न स्वचालित काउण्टर प्रभु डिजिटल क्युब सञ्चालनमा ल्याएको हो ।

उक्त काउण्टरमार्फत बचत जम्मा, नगद पुनर्चक्रण, चेक जम्मा, स्टेटमेन्ट प्रिन्टिङ, एटीएम तथा विभिन्न किवोस्क मेशिनको माध्यमवाट नगद जम्मा गर्न, नगद निकाल्न, क्लीयरिङ चेक जम्मा गर्न, खाताको स्टेट्मेण्ट प्रिन्ट गर्न सकिने लगायतका सेवाहरु ग्राहक आफैंले प्राप्त गर्न सकिने छ ।

यस सेवाको शुरुवातसँगै कार्यालय समय कुरेर काउण्टरमा लाइन लागि बैंकिङ्ग सेवा लिनुपर्ने झन्झटको अन्त्य भएको बैंकले जनाएको छ । हाल यो सेवा बैंकको मुख्य कार्यालय, बबरमहलबाट उपलब्ध गराइएको र निकट भविष्यमा आवश्यकता अनुसार अन्य स्थानमा समेत विस्तार गरिने जानकराी बैंकले दिएको छ ।