काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले आरविवि फोकस ४० नामको सामूहिक लगानीकोष योजना सञ्चालनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । प्रति इकाई १० रुपैयाँ अंकित मूल्यमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्कासनका लागि आरविवि मर्चेन्ट बैंकिङले बोर्डले पुस १४ गते निवेदन दर्ता गराएको हो ।
बन्दमुखी प्रकृतिको योजनाका रुपमा सञ्चालनमा आउने यस योजनाको इकाई निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी समेत आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले लिएको छ ।