शीर्षकहरू

दुई जलविद्युत कम्पनी थपिए आईपीओ निष्कासनको पाइपलाइनमा

दुई जलविद्युत कम्पनी थपिए आईपीओ निष्कासनको पाइपलाइनमा

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) मा आईपीओ निष्कासनका लागि दुई जलविद्युत कम्पनी थपिएका छन् । नुम्बुर हिमालय हाइड्रोपावर र युनाइटेड मेवा खोला हाइड्रोपावरले आईपीओ निष्कासनका लागि पछिल्लो समय बोर्डमा निवेदन दिएका हुन । 

नुम्बुर हिमालय हाइड्रोपावरले प्रिमियम मूल्य थपेर प्रतिकित्ता २१० रुपैयाामा ३० लाख ६ हजार २०२ कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा पुस ७ गते निवेदन दिएको हो । कम्पनीको आईपीओ विक्री प्रबन्धक एलएस क्यापिटल लिमिटेड रहेको छ । यस कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्न लागेको  हो ।

त्यस्तै युनाइटेड मेवा खोला हाइड्रोपावरले १०० रुपैयाँ अंकित मूल्यमा १ करोड २३ लाख कित्ता आईपीओ निष्कासन गर्न पुस ११ गते बोर्डमा निवेदन दिएको छ । कम्पनीले निष्कासन गर्ने आईपीओ विक्री प्रबन्धक सिटिजन क्यापिटल लिमिटेड रहेको छ ।