काठमाडौं । सिन्जा उपत्यका ऐतिहासिक जुम्ला राज्यको राजधानी तथा वर्तमान नेपालको प्रशासनिक संरचनामा कर्णाली प्रदेश तथा जुम्ला जिल्लामा अवस्थित रहेको छ ।
अत्यन्त विकट पहाडी तथा हिमाली क्षेत्रबीच रहेको यो उपत्यका भुगोल अनुपम छ । तिला नदी यो उपत्यकालाई चिर्दै बाहिर निस्केको छ भने स्याउ लगायतका फलफुलको उत्पादनमा यो उपत्यका अग्रणी मानिन्छ ।