शीर्षकहरू

गणपूरक संख्या नपुगेपछि राधी विद्युत कम्पनीको साधारण सभा स्थगित

गणपूरक संख्या नपुगेपछि राधी विद्युत कम्पनीको साधारण सभा स्थगित

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले पुस १८ गते आव्हान गरेको वार्षिक साधारण सभा गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ । कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत सूचना जारी गर्दै गणपूरक संख्या नपुगेकाले सभा स्थगित गरिएको जानकारी दिएको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सहित साधारण सभा बोलाएको थियो । अर्को सूचना जारी गरी कम्पनीले पुनः सभा आव्हान गर्नेछ । मंसिर २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको लाभांशलाई समेत आगामी सभाले अन्तिम स्वीकृति प्रदान गर्नेछ । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा ४ दशमल ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

लाभांश प्रस्तावसँगै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्दै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । स्वतन्त्र सञ्चालक नियुक्तीको प्रस्ताव पनि यस अघि तय भएकोमा पुनः बस्ने सभाले उक्त प्रस्तावलाई समेत अघि बढाउनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ४ गते एक दिन बुक क्लोज गरिसकेको छ । बुक क्लोजको आधारमा पुस ३ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।