शीर्षकहरू

युद्धग्रस्त मुलुक रूसबारे श्रममन्त्री : छिट्टै श्रम स्वीकृति खुलाउन पहल गर्छु

युद्धग्रस्त मुलुक रूसबारे श्रममन्त्री : छिट्टै श्रम स्वीकृति खुलाउन पहल गर्छु

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले रुसका लागि छिट्टै श्रम स्वीकृति खुलाउन आवश्यक पहल गर्ने बताएका छन् । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा. बद्री केसीसँग शुक्रबार भएको विशेष भेटमा मन्त्री भण्डारीले उक्त प्रतिबद्धता जनाएका हुन् ।

‘यस सम्बन्धमा खासै धेरै समस्या छैन, परराष्ट्र मन्त्रालयसँग समन्वय गरी छिट्टै श्रम स्वीकृति खुला गर्छौ, उनले भने ।

भेटमा सङ्घको तर्फबाट अध्यक्ष डा. केसीले तत्कालीन अवस्थालाई ध्यानमा राखी नेपाल सरकार मन्त्रिपरिषद्ले गरेको निर्णयमा पुनरावलोकनका लागि पहल गरिदिई वर्षौँदेखि विभिन्न रोजगार, पेशा, व्यवसाय एवं उच्च शिक्षा अध्ययन गर्न रसियामा बसिरहेका हजारौं नेपालीहरुका लागि सहज रुपमा आवतजावतका लागि श्रम स्वीकृति एवं नवीकरण कार्यलाई तत्काल सुचारु गरिदिन अनुरोध गरेका थिए ।

वैदेशिक रोजगारीका लागि जान चाहने नेपाली कामदारका लागि श्रम स्वीकृति प्रदान गर्दा युद्धरत देश रुसमा सेनामा सहभागी हुन सक्ने सम्भावना रहेको र सोबाट सिर्जना हुन सक्ने मानवीय जोखिम रहेको भन्दै एक वर्षअघि (२०८० पुस १९ मा) वैदेशिक रोजगार विभागले रुसका लागि श्रम स्वीकृति दिन रोकेको थियो ।