काठमाडौँ । सोमबार सुनको मूल्य स्थिर रहेको छ । आन्तरिक बजारको माग तथा आपूर्ति व्यवस्थापन र अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको उतारचढावका कारण आइतबार सुनको मूल्य तोलामा एक हजार पाँच सय रुपैयाँले घटेर प्रतितोला एक लाख ५२ हजार कायम भएको थियो ।
सोमबार पनि सुन सोही मूल्यमा कारोबार भैरहेको छ ।
यसदिन चाँदीको मूल्य पनि स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी प्रतितोला रू एक हजार आठ सय १० मा कारोबार हुँदैछ ।