शीर्षकहरू

सहकारीका विषयमा फिजाइएको हल्ला मिथ्या मात्र हुन् : मन्त्री अधिकारी

सहकारीका विषयमा फिजाइएको हल्ला मिथ्या मात्र हुन् : मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीका विषयमा फिजाइएको हल्ला मिथ्या मात्र हो भन्ने आधारमा जान आवश्यक रहेको बताएका छन् । 

सोमबार काठमाडौंमा आयोजित नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको १७ औँ वार्षिक साधरण सभामा बोल्दै उनले अब सहकारी चाहिँदैन् भन्नेहरूलाई चुनौती दिनको लागि कृषिमा आधारित र जनताको जीवनस्तर उकास्ने ठाउँ भनेको सहकारी हो भन्ने महसुश गराउनेगरी काम गर्नुपर्ने बताए । 

उनले भने, ‘अहिले सहकारीहरू एउटै खाले हुन् । सहकारी ठीक छैनन् । अब सहकारी चाहिँदैन भन्ने एउटा तप्का छ । तिनीहरूलाई चुनौती दिनको लागि र सहकारी ठीक छन् ,वास्तविक जनतासँग वा कृषिमा आधारित र भोलि जनताको जीवन स्तर उकास्ने ठाउँ भनेको सहकारी हो । किनभने सहकारीमा बचत जम्मा गर्छौं, त्यही परिचालन गर्छौं । अनि व्यवसाय निर्माण गछौं । त्यसकारण हामी सहकारीमा फिजाइएको हल्ला मिथ्या हो भन्ने आधारमा जान आवश्यक छ ।’ 

उनले सरकारले विभिन्न संघ संस्थाहरू र सहकारीलाई अपेक्षा गरे अनुसारको सहयोग गर्न नसकेको बताए । सबैले सरकारको मुख ताक्ने मात्र नभई आ–आफ्नो ठाउँबाट पनि पहल गर्नुपर्ने उनको भनाइ छ । 

उनले भने, ‘हाम्रो देशको आर्थिक स्थिति हेर्दा सरकारले विभिन्न संघ संस्थाहरू अथवा सहकारीलाई गर्ने सहयोगको बारेमा जति अपेक्षा छ, जति आवश्यकता छ । त्यो हुन सकेको छैन् । त्यसैले सरकारको मुख ताक्ने मात्र होइन् हामी सवल भएको छौं । हामीले पनि पहल गर्नुपर्छ ।’

उनले ऐन कानुनहरू पुरानै हुँदा पुराना कानुनहरूले अहिलेको अवस्थालाई सम्बोधन गर्न नसकेको गुनासो गरे । त्यस्तै उनले भूमीहिन जनताहरूलाई सरकारले वास्तविक बसोबासका लागि जग्गा दिनुपर्ने पनि बताए ।