शीर्षकहरू

स्वास्थ्य मन्त्री पौडेलको प्रमुख आतिथ्यतामा बुढानीलकण्ठमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न

स्वास्थ्य मन्त्री पौडेलको प्रमुख आतिथ्यतामा बुढानीलकण्ठमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडाैं । कुमारी बैंक लिमिटेडले महिला तथा युवा उद्यमशीलता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । बैंकको हात्तिगौँडा शाखाले बुढानीलकण्ठ नगरपालिका, वडा नं. ४ को समन्वयमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल प्रमुख अतिथि रहेको एक दिने कार्यक्रममा दुई सय भन्दा बढी महिला तथा युवा उद्यमीहरुको सहभागीता रहेको थियो ।
 
उक्त प्रशिक्षण कार्यक्रमले वडामा स्थायी बसोबास गर्दै आएका उद्यमी महिला तथा युवाहरूको जीवनस्तर उकास्न तथा व्यवसाय र उद्यमलाई प्राथमिक रूपमा अगाडि बढाउन प्रोत्साहन मिल्ने उद्देश्य लिएको वडा नं ४ का अध्यक्ष श्रीराम के.सी.ले बताए । 

 कुमारी बैंकले युएसएआइडीसँगको साझेदारीमा ‘देशै भरि बर्षै भरि’ उद्यमशिलता विकास एवं प्रवर्द्धनका लागि नियमित रुपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको छ । उद्यमी प्रशिक्षणबाट हरेक स्थानिय निकायमा रहेका उद्यमी सोचहरुको प्रवर्द्धन तथा विकासमा टेवा पुर्याउँदै आर्थिकरुपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।   

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।