शीर्षकहरू

जस्मिन पेन्ट्सले आइपीओ निष्कासनको लागि बिक्री प्रबन्धक नियुक्ति गर्यो

जस्मिन पेन्ट्सले आइपीओ निष्कासनको लागि बिक्री प्रबन्धक नियुक्ति गर्यो

काठमाडौं । जस्मिन पेन्ट्स लिमिटेडले जस्मिन पेन्ट्सले आइपीओ निष्कासनको लागि बिक्री प्रबन्धक नियुक्ति गरेको छ । कम्पनीले प्रति शेयर अंकित मुल्य १०० रुपैयाँ दरका ५,००,००० कित्ताले हुन आउने रकम पाँच करोड रुपैयाँ बराबरको साधारण शेयर सर्वसाधारणमा जारी गर्नका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको हो ।

 उक्त क्रममा जस्मिन पेन्ट्स लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष लक्ष्मणप्रसाद अर्याल र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन ।

 जस्मिन पेन्ट्स लिमिटेड मनकामना समुह अन्तर्गत स्थापित एक प्रमुख रंग उत्पादक कम्पनी हो जसले विगत ३० वर्ष देखि फ्याब्रिकेशन व्यवसाय अन्तर्गत आधुनिक प्रविधिबाट रंग उत्पादन गरि आफ्नो कारोवार र बजार विस्तार गर्दै आईरहेको कम्पनीले जनाएकोछ ।