काठमाडौं । काठमाडौंमा विहान ६ बजेर ५० मिनेटमा नेपाल भरी ठूलो भूकम्कको धक्का महशुस गरिएको छ । प्राम्भिक जानकारीका अनुसार झापामा पनि ठूलो धक्का महशुस गरिएको छ । पाँच सेकेण्डसम्म भूकम्पको धक्का महसुस गरिएको बताइएको छ । कही समय भूकम्पको कम्पन गएको हो ।
भूकम्पको धक्काले काठमाडौंका नागरिकहरु सडकमा निस्किएका छन् । नेपालको पूर्वझापासम्म भूकम्पको धक्का महशुस गरिएको छ । केन्द्रविन्दु कहाँ हो र के कति क्षति भयो भन्ने विवरण खुलिसकेको छैन् । केही समयदेखि पश्चिम नेपालमा पनि निरन्तर भूकम्प गइरहेको थियो ।
भारतको बिहारमा पनि भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको केन्द्रविन्दु नेपाल भएको प्राम्भिक अनुमान रहेको छ । विहारको मोतिहारी, समस्तीपुरलगायत बिहारका धेरै क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ ।