काठमाडौं । आज विहान नेपाल र भारतमा समेत हल्लाएको भूकम्पको केन्द्र बीन्दु चीनकाृ दिन्गे भएको अनुमान गरिएको छ । चीनमा केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ
छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान चीन केन्द्रबिन्दु भएर उक्त शक्तिशाली भूकम्प गएको पुष्टि गरेको हो।
बिहान ६ बजेर ५० मिनेटमा गएको भूकम्पले नेपाल भरी र भारतका विभिन्न स्थानमा पनि हल्लाएको सञ्चारमाध्यमहरुले जनाएका छन् । पाँच सेकेण्डसम्म भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको धक्काले काठमाडौंका नागरिकहरु सडकमा निस्किएका छन् । भारतको बिहारमा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।