काठमाडौं । जनकपुरधाममा एकाबिहानै भुकम्पको धक्का महसुस गरिएको छ । बिहान करिब ६ बजेर ५० मिनेटमा भुकम्पको धक्का महसुस गरिएको छ ।
भुकम्पको केन्द्रबिन्दु र कति रेक्टरको हो भन्ने यकिन हुन बाँकी रहेको छ । भुकम्पको धक्का महसुस भएसंगै स्थानीयहरु घरबाट बाहिर सडकमा निस्केका छन् ।भुकम्पको धक्का मधेशका अन्य जिल्लाहरुमा पनि महसुस गरिएको सामाजिक सञ्जालमा विभिन्न जिल्लाका स्थानियहरुले पोस्ट गरेका छन् ।