एजेन्सी । नेपालसहित तीन देशमा मंगलबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । नेपालमा भूकम्पको तीव्रता रेक्टर स्केलमा ७ रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भारतको बिहार, सिक्किम र उत्तर बंगाल लगायतका धेरै क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो। ७ म्याग्निच्युडको भूकम्प नेपाल र चीनको सिमानामा दिन्गे भन्ने स्थानमा केन्द्रविन्दु रहेको मापन केन्द्रले जनाएको छ ।
भारतमा माल्दा र सिक्किमलगायत उत्तर बंगालका केही भागमा पृथ्वी हल्लिरहेको छ। बिहान ६ बजेर ५० मिनेटमा मोतिहारी, समस्तीपुरलगायत बिहारका धेरै क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको थियो ।
भारतको युएसजीएस भूकम्पका अनुसार भूकम्पको तीव्रता रिक्टर स्केलमा ७.१ थियो । भूकम्पका कारण हालसम्म कुनै पनि जनधनको क्षतिको समाचार प्राप्त भएको छैन ।