शीर्षकहरू

मुक्तिनाथ म्युचुअल फण्ड १ को इकाई आजदेखि कारोबारमा आउने

मुक्तिनाथ म्युचुअल फण्ड १ को इकाई आजदेखि कारोबारमा आउने

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले निष्काशन तथा बाँडफाँट गरिसकेको मुक्तिनाथ म्युचुअल फण्ड १ को इकाई पुस २३ गते आजदेखि कारोबारमा आउने भएको छ ।

क्यापिटलले बाँडफाँट गरेको इकाई पुस २२ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचीकृत गराएकाले पुस २३ गतेदेखि उक्त इकाई कारोबारयोग्य भएको हो । क्यापिटलले क्रम संख्या १ देखि १२ करोड ५० लाख सम्मका कुल १२ करोड ५० लाख इकाई सूचीकृत गराएको हो । बाँडफाँटमा इकाई प्राप्त गर्ने इकाईधनीहरुले आफ्नो हितग्राही खातामा इकाई जम्मा भएपछि कारोबार गर्न सक्नेछन् । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले सर्वसाधारणमा उक्त इकाई बिक्री तथा बाँडफाँट गरेको हो ।

यस योजना सञ्चालनका लागि इकाईको सार्वजनिक निष्काशन गत मंसिर २० गतेदेखि २५ गतेसम्म गरिएको थियो । इकाई बाँडफाँट भने पुस ४ गते भएको हो । योजना व्यवस्थापकसँगै इकाई निष्काशन तथा बाँडफाँटको जिम्मेवारी समेत मुक्तिनाथ क्यापिटल लिमिटेडलेनै पूरा गरेको थियो ।