काठमाडौं । गत बर्ष नै नेपाल भित्रिएको हाइगर बसको नयाँ मोडल केएलक्यिू ६८१२ केआर मंगलबार एक विशेष समारोहबीच हस्तान्तरण गरिएको छ । लाजिम्पाटमा आयोजित एक कार्यक्रममा आक्र्स ग्रुप प्रालिले भेन्चर ट्राभल्स प्रा. लिलाई हाइगर बसको नया मोडल केएलक्यिू ६८१२ केआरको चाबी हस्तान्तरण गरिएको हो ।
समारोहमा विभिन्न ट्राभल कम्पनी, व्यापारिक क्षेत्र र बैंकिङ उद्योगका प्रतिष्ठित व्यक्तिहरुको सहभागितामा चाबी हस्तान्तरण गरिएको हो । चीनको प्रसिद्ध बस निर्माता हाइगर बस कम्पनि लिमिटेडले विश्वका २०० भन्दा बढी देशहरुमा आफ्नो बसहरु निर्यात गर्दै आएको छ र गत १६ वर्षदेखि नेपाली बजारको पर्यटकीय क्षेत्रमा एक प्रमुख ब्रान्डको रुपमा स्थापित भएको छ ।
नेपालको लागि हाइगर बसको आधिकारिक वितरक आक्र्स ग्रुपले नेपाली बजारमा एकसय भन्दा बढी बसहरुको सफल बिक्री गरिसकेको छ । जुन विशेष गरी पर्यटन र यातायात क्षेत्रमा आरामदायी, र विश्वसनीयताको लागि प्रसिद्ध छन् ।
समारोहमा, नेपाली बजारको आवश्यकतालाई पूरा गर्ने उच्च–गुणस्तरको, आरामदायी बसहरु उपलब्ध गराउन प्रतिवद्ध रहेको आक्र्स ग्रुपले जनाएको छ ।
हाइगर बसहरू नेपालको भौगोलिक अवस्था र बाटोअनुरूप रहेका हुँदा नेपाली बजारमा छिट्टै लोकप्रिय हुने अधिकृत बिक्रेता कम्पनीले दाबी गरेको छ । बसमा तातो–चिसो एअर कन्डिसन र लक्जरियस सिटहरू रहेका छन् । गाडीमा बे्रक लगाउँदा आवाज पनि ननिस्कने कम्पनीको दाबी छ ।