काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य ५०० रुपैयाँले बढेको छ ।
सोमबार र मंगलबार स्थिर रहेको सुन यसदिन प्रतितोला एक लाख ५२ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको सुनको मूल्य बढेको छ ।
यस्तै आज चाँदीको मूल्य भने स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार चाँदी तोलामा एक हजार ८३० रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्यमा खरिदबिक्री भैरहेको छ ।