शीर्षकहरू

मुक्तिनाथको 'एनिभर्सरी' योजना: नगददेखि मोबाइल फोन उपहारसम्म

मुक्तिनाथको 'एनिभर्सरी' योजना: नगददेखि मोबाइल फोन उपहारसम्म

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले १९ औं वर्ष प्रवेश गरेको अवसरमा आफ्ना ग्राहकहरुलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न मुक्तिनाथ एनिभर्सरी बोनान्जायोजना अन्तरगत विभिन्न योजना सार्वजनिक गरेको छ ।

पहिलो योजना अनुसार बैंकको मोबाइल बैंकिङ्गमा भएको कनेक्ट आइपीएस मार्फत रकम ट्रान्सफर गर्ने ग्राहकहरु मध्येबाट २ जना ग्राहकलाई लक्की–ड्र मार्फत मोबाइल फोन प्रदान गरिने छ । यसैगरी रु १०० वा सो भन्दा बढीको टपअप तथा डेटा प्याक लिने दैनिक १९ जना ग्राहकले लक्की–ड्र मार्फत रु १००को टपअप प्राप्त गर्नेछन् । यो योजना २०८१ पौष १९ गते देखि २०८१ माघ १९ गते सम्मका लागि रहनेछ । 

दोस्रो योजना अनुसार बिजुलीको बिल भुक्तानी गर्ने ग्राहकलाई लक्षित रहेको छ । यस योजनामा बैंकको मोबाइल बैंकिङ्ग मार्फत  बिजुलीको बिल भुक्तानी गर्ने १ जना ग्राहकले लक्की–ड्र मार्फत बिल भुक्तानी रकम वा अधिकतम रु १०,१२५ सम्म प्राप्त गर्न सक्नेछन । यो योजना २०८१ पौष १९ गतेदेखि माघ १९ गते सम्मका लागि हुनेछ ।

तेस्रो योजना अनुसार बैंकको क्यूआर मर्चेन्ट भई कुनै पनि कारोवार क्यूआर मार्फत प्राप्त नगरेका मर्चेन्टहरुले यस अवधिमा कारोवार संख्या ३ र रकम  रु २०० सम्मको कारोवार रकम क्यूआर मार्फत प्राप्त गरेमा त्यस मर्चेन्ट मध्ये ५ जना मर्चेन्टले लक्की–ड्र मार्फत क्mबचत ध्बतअज प्राप्त गर्नेछन् त्यसैगरी भारतीय पर्यटकबाट क्यूआर मर्चेन्टमा रु २०० सम्मको  रकम क्यूआर मार्फत प्राप्त गरेमा  त्यस प्रकारका मर्चेन्टहरुमध्ये ५ जना मर्चेन्टले लक्की–ड्र मार्फत क्mबचत ध्बतअज प्राप्त गर्नेछन् । यो योजना २०८१ पौष १९ गते देखि पौष २५ गते सम्मका लागि हुनेछ । 

यसका साथै मोबाइल बैंकिङ्ग मार्फत अन्य बैंकमा रकम ट्रान्सफर गर्ने दैनिक १ जनालाई लक्की–ड्र मार्फत रु १००० क्यासब्याक प्रदान गरिने छ । साथै क्यूआरमार्फत बिल भुक्तानी गर्ने ग्राहकहरु मध्येबाट दैनिक २ जनालाई लक्की–ड्र मार्फत रु ५०० का दरले क्यास व्याक प्रदान गरिने छ । यो योजना २०८१ पौष १९ गते देखि पौष २५ गते सम्मका लागि हुनेछ ।