काठमाडौं । हिमालयन इन्फ्रास्ट्रक्चर फण्ड लिमिटेडले लाभांश प्रस्ताव सहित १६औं वार्षिक साधारण सभा बोलाएको छ । पुस २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले एलफ्ट होटल, ठमेल, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । गत वर्षको मुनाफाबाट कम्पनीले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजना समेतका लागि ५ दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको कम्पनीले उक्त प्रस्तावलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ ।
कम्पनीको चुक्तापूँजी बोनस पछि बृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पनि सभाले पारित गर्नेछ ।