शीर्षकहरू

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको तीन कम्पनीको संस्थापक शेयर बिक्रीमा

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको तीन कम्पनीको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । बिहीबार तीन कम्पनीको संस्थापक शेयर बिक्रीमा आएको छ ।

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नागरिक लगानीकोषको ५० हजार कित्ता, सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको ५९ हजार ६० कित्ता र सूर्यज्योति लाइफ इन्स्योरेन्सको ८ लाख ९३ हजार ८२५ कित्ता संस्थापक शेयर पुस २५ गतेदेखि माघ ४ गतेसम्म आवेदन दिन सकिने गरी बिक्रीमा आएको हो । नागरिक लगानी कोषको शेयरको मूल्य प्रतिकित्ता ७०३ रुपैयाँ, सूर्योदय वोमी लघुवित्तको प्रतिकित्ता २५३ रुपैयाँ र सूर्यज्योति लाइफ इन्स्योरेन्सको प्रतिकित्ता १५९ रुपैयाँ तोकिएको छ ।

यी शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । यी शेयर यसअघि विद्यमान संस्थापक शेयरधनीहरुका लागि जारी गरिसकिएको छ । विद्यमान संस्थापक शेयरधनीहरुले आवेदन नदिएपछि अन्य व्यक्ति तथा संस्थामा यी शेयर बिक्री गर्न लागिएको हो ।

नागरिक लगानीकोषका लागि न्यूनतम १० हजार कित्ता, सूर्योदय वोमी लघुवित्तको लागि न्यूनतम ५ हजार कित्ता र सूर्यज्योति लाइफ इन्स्योरेन्सको लागि न्यूनतम ५ हजार कित्ता माग गर्नुपर्नेछ । अधिकतम कित्ताका लागि भने कुनै हद तोकिएको छैन । यी शेयर बाँडफाँटमा प्राप्त गर्ने लगानीकर्ताले पुस २५ गतेपछि कम्पनीहरुले प्रस्ताव गर्ने लाभांश तथा हकप्रद शेयर समेत प्राप्त गर्न योग्य हुने जानकारी कम्पनीहरुले दिएका छन् ।

यी शेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।