शीर्षकहरू

पिपुल्स पावरले माघ २० गते बोलायो साधारगण सभा

पिपुल्स पावरले माघ २० गते बोलायो साधारगण सभा

काठमाडौं । पिपुल्स पावर लिमिटेडले माघ २० गते आठौं वार्षिक साधारण सभा बोलाएको छ । पुस २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पारीजात पार्टी प्यालेस, जाल्पाचोक, काठमाडौंमा बिहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । संस्थागत सुसाशन सम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने विषय पनि सभाका लागि तय भएको छ । सभा प्रयोजनका लािग कम्पनीले माघ ६ गते एक दिन बुक क्लोज गर्न लागेको छ ।

बुक क्लोजको आधामा माघ ३ गते बिहीवारसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् ।