काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका प्रक्रिया अघि बढेको छ । अर्थमन्त्रालयले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गर्दै प्राधिकरण सञ्चालक समितिको अध्यक्ष पदका लागि आवेदन खुला गरेको हो ।
अध्यक्षका लागि कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव भएको, फौजदारी कसुरमा सजाय नपाएको र उच्च नैतिक चरित्र भएकोहरुले आवेदन दिन सक्नेछन् । योग्य तथा इच्छुक उम्मेदवारहरुले आवश्यक कागजात सहित अर्थ मन्त्रालयको वेवसाइट मार्फत १५ दिनभित्र दरखास्त आवेदन दिन सक्नेछन् ।