शीर्षकहरू

३१ करोड ३८ लाख बक्यौता तिरेपछि सुबिसुको लाइसेन्स नवीकरण

३१ करोड ३८ लाख बक्यौता तिरेपछि सुबिसुको लाइसेन्स नवीकरण

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि लागू हुनेगरी सुबिसु केबलनेट लिमिटेडको लाइसेन्स ५ वर्षका लागि नवीकरण गरेको छ । सुबिसुले ३१ करोड ३८ लाख बक्यौता तिरेपछि प्राधिकरणले लाइसेन्स नवीकरण गरेको हो ।

कम्पनीले रोयल्टीको बक्यौता रकम १७ करोड ४८ लाख ५१ हजार ६१५ रुपैयाँ ४७ पैसा र आरटीडीएफबापतको १३ करोड ८९ लाख ३९ हजार ५९० रुपैयाँ ४२ पैसा भुक्तानी गरेको हो ।

कम्पनीले एक वर्ष ढिलो गरी लाइसेन्स नवीकरण गरेको हो । बक्यौता भुक्तानी नगरेपछि २०८० पुस २५ गतेदेखि सेवा प्रभावित भएको थियो ।