काठमाडौँ । एमएडब्ल्यू वृद्धि मोटर्स प्रालिद्वारा आयातित डोङफेङ नामीले नेपालमा आफ्नो अत्याधुनिक शोरुमको भव्य उद्घाटन गरेको छ । ग्राहकहरूका लागि थप गुणस्तरीय सेवाका लागि नयाँ अत्याधुनिक शोरुम सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।
उद्घाटन समारोहमा डोङफेङ मोटर्सका कन्ट्री म्यानेजर फान झियुआन, एमएडब्ल्यू वृद्धि समूहका अध्यक्ष विष्णु कुमार अग्रवाल, एमएडब्ल्यू वृद्धिका एमडी विवेक सिकरिया र एमएडब्ल्यू वृद्धि मोटर्सका बिजनेस हेड प्रशन्न पन्त लगायत प्रमुख व्यक्तित्वहरू सँगै नामीका ग्राहकहरू र मिडिया क्षेत्रका व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो ।
यसै अवसरमा नामीले सीमित समयका अफरहरूसहितको मेगा टेस्ट ड्राइभ क्याम्प पनि घोषणा गरेको छ । नक्सालको नागपोखरीमा रहेको नयाँ शोरूममा जनवरी ११ देखि १६ सम्म आयोजना हुने गरी मेगा टेस्ट ड्राइभ क्याम्पको घोषणा गरिएको हो ।
यो क्याम्पले सम्भावित ग्राहकहरूलाई नामीको प्रत्यक्ष अनुभव लिने अवसर प्रदान गर्नेछ । ग्राहकहरूले “नाउ अर नेभर” मेगा अफरहरूबाट फाइदा लिन सक्छन् जसमा ७ किलोवाटको वाल चार्जर र आकर्षक नगद छुट समावेश छ । यसबाहेक, ग्राहकहरूले गाडीको टेस्ट ड्राइभ गर्दा रोमाञ्चक गिफ्ट ह्याम्पर र बुकिङ गर्दा नगरकोटको होटल कन्ट्री भिल्लामा निस्शुल्क नाइट स्टे गर्न पाउने कम्पनीले जनाएको छ । ग्राहकहरूले आफ्नो पुरानो गाडी साट्न र राम्रो एक्सचेन्ज मूल्यमा नयाँ नामी घर लैजान पनि सक्नेछन् कम्पनीको भनाइ छ ।
“नेपालमा हाम्रो अत्याधुनिक शोरूम खोल्न पाउँदा हामी रोमाञ्चित छौं”, एमएडब्ल्यू वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवालले भने, “यसले हाम्रो बढ्दो ग्राहक आधारलाई उत्कृष्ट सेवा दिन सघाउँछ भन्नेमा हामी विश्वस्त छौं।”