शीर्षकहरू

३७ लाख रुपैयाँ धरौटी बुझाएर छुटिन् लीला पछाईं

३७ लाख रुपैयाँ धरौटी बुझाएर छुटिन् लीला पछाईं

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गएको असोज १५ गते पक्राउ परेकी लीला पछाईं धरौटी बुझाएर रिहा भएकी छन् । उनी सहकारीमा जिबी राईमार्फत् तीन करोड रूपैयाँ लिएर अपचलन गरेको आरोपमा पक्राउ परेकी थिइन् ।

बिहीबार सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीहरू पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित छविलाल जोशी, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ, मीना गुरुङ र आरती गुरुङ जना धरौटी बुझाएर छुटेका थिए । 

कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले पछाईँलाई पनि धरौटीमा छाड्न आदेश दिएको थियो । तर धरौटी बुझाउन नसकेपछि उनी बिहीबार हिरासतमै बसेकी थिइन् । आज धरौटी बुझाएपछि उनी रिहा भएकी हुन् ।