शीर्षकहरू

कुमारी बैंक र एनसीएचएलबीच अन्तरदेशीय भुक्तानी सहकार्य

कुमारी बैंक र एनसीएचएलबीच अन्तरदेशीय भुक्तानी सहकार्य

काठमाडौँ । कुमारी बैंक लिमिटेडले नयाँ डिजिटल सेवाको थालनी गरेको छ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको साझेदारीमा अलिपे प्लस नेटवर्कमा आबद्ध प्रयोगकर्ताहरुका लागि नेपाल पे क्युआरमार्फत भुक्तानी गर्न सक्ने सुविधा ल्याएको छ ।

यो सेवा मार्फत अलिपे प्लस प्रयोगकर्ताले कुमारी बैंकको नेपाल पे क्युआररहेका व्यवसायहरूमा सहज र सुरक्षित रूपमा भुक्तानी गर्न सक्नेछन् । अलिपे प्लस नेटवर्कमा आबद्ध प्रयोगकर्ताहरुलाई लक्षित गर्दै यो सेवा सुरक्षित र सहज क्रस–बोर्डर भुक्तानीको रूपमा स्थापित हुने बिश्वास बैंकले लिएको छ ।

यस सम्झौतासँगै, नेपालमा उपलब्ध नेपाल पे क्युआर यसको इन्टरपेरेबर क्युआरलाई अलिपे प्लस नेटवर्कका सदस्यहरूले सजिलै स्क्यान गरेर अन्तरदेशीय भुक्तानी गर्न सक्नेछन् ।

यो सुविधाले चीन, हङकङ, इन्डोनेसिया, इटाली, मलेशिया, फिलिपिन्स, मंगोलिया, थाइल्यान्ड, दक्षिण कोरिया, स्विडेन र सिंगापुर लगायतका विभिन्न देशबाट नेपाल भ्रमणमा आएका पर्यटकलाई आफ्नो स्थानीय मोबाइल वालेट वा भुक्तानी प्रणालीमार्फत नेपालभरि नेपाल पे क्युआरस्क्यान गरी भुक्तानी गर्न सजिलो बनाउनेछ भने, नेपाल पे क्युआरमार्फत व्यवसायीहरूले १४ अन्तर्राष्ट्रिय ई–वलेट र मोबाइल बैंकिङ एप्सबाट भुक्तानी स्वीकार गर्न सक्नेछन् ।