काठमाडौं । आज पुस २८ गते आइबार १२ कम्पनीको साधारण सभा हुदै छ । नेपाल स्टक एस्क्चेञ्ज(नेप्से)मा सूचीकृत १२ कम्पनीको साधारणसभा आज हुने भएको हो । जसमा महिला लघुवित्तले १४.२९ प्रतिशत बोनस शेयर र उक्त बोनसमा लाग्ने कर ०.७१ प्रतिशत नगद दिने भएको छ । उक्त प्रस्ताव आज हुने साधारण सभाले पास गर्दैछ । त्यस्तै,त्यस्तै हिमालन डिस्ट्रीलरीले १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश दिने भएको छ ।
त्यस्तै, जीवन विकास लघु वित्तले १४ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने भएको छ ।त्यस्तै, चिलिमे जलविद्यतु कम्पनीले १० प्रतिशत बोनस र २ प्रतिशत नगद लाभांश दिने छ ।
सूर्यदय वोमी लघुवित्तले ६ प्रतिशत बोसन र १ प्रतिशत नगद लाभंश दिने छ । त्यस्तै, ग्रीन भेन्चरले १० प्रतिशत बोनस शेयर र ०.५६ प्रतिशत नगद लाभांश दिने भएको छ । त्यस्तै, सानिमा माइ हाइड्रोपावरले १० प्रतिशत बोनस र०.५२ प्रतिशत नगद लाभांश दिने छ ।
बुटबल पावरले ५ प्रतिशत नगद लाभांशको प्रस्ताव सहित आज साधारण सभा बोलाएको छ । एसबीआइ बैंकले ४ प्रतिशत नगद लाभांश, मञ्जुश्री फाइनान्सले ६.३५ प्रतिशत नगद लाभाश,नेपाल दूरसञ्चार कम्पनीले १० प्रतिशत नगद लाभांश,राधी जलविद्युतले ४.७५ प्रतिशत बोनस र ०.२५ प्रतिशत नगद लाभांशको प्रस्ताव लिएर आज साधारण सभा गर्दैछ ।
त्यस्तै, आज हुने बलेफी जलविद्युत,पाँचथर जलविद्युत,मोदी इनर्जी,मिड सोलु जलविद्युत,माछापुच्छ«े बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक,गुडविल फाइनान्स,राधी हाइड्रो एण्ड कन्स्ट्रक्सन,मल्टिप्रपोज फाइनान्स र मैलुङ खोला पावरले कुनै पनि लाभांशको प्रस्ताव गरेका छैनन् ।