शीर्षकहरू

धितोपत्र दर्ता तथा निष्कासन नियमावलीसँगै बुक विल्डिङ निर्देशिका परिमार्जन गरिने

धितोपत्र दर्ता तथा निष्कासन नियमावलीसँगै बुक विल्डिङ निर्देशिका परिमार्जन गरिने

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ र बुक विल्डिङ निर्देशिका, २०७७ का केहि व्यवस्था परिमार्जन गर्ने भएको छ । बोर्डले यसका लागि पाँच सदस्यीय अध्ययन समिति गठन गरेको हो ।

 बोर्डका उपकार्यकारी निर्देशक एवम् प्रवक्ता निरञ्जय घिमिरेले बोर्डका नियमन विभाग प्रमुख कार्यकारी निर्देशक मुक्ति नाथ श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन समिति गठन भएको जानकारी दिएका हुन ।  गठित समितिले अन्तराष्ट्रिय अभ्यासहरुको अध्ययन तथा विभिन्न निकायबाट प्राप्त सल्लाह सुझाबका आधारमा प्रतिवेदन तयार गर्ने प्रबक्ता घिमिरेले प्रष्ट पारे । बोर्डले प्रतिवेदन पेश गर्नका लागि कुनै पनि समयसीमा नतोकेको भन्दै उनले समितिले जतिसक्दो छिटो प्रतिवेदन तयार गर्ने बताए । 

बोर्डले सार्वजनिक निष्कासनका लागि अंकित मूल्य, प्रिमियम मूल्य र बुक विल्डिङ विधिमार्फत जारी गर्न स्वीकृति प्रदान गर्दै आएको छ । बोर्डले धितोपत्र दर्ता तथा निष्कासन नियमावली र बुक विल्डिङ निर्देशिकामा भएको व्यवस्थालाई आधार मानेर सार्वजनिक निष्कासनका लागि स्वीकृति प्रदान गर्दै आएको हो ।