शीर्षकहरू

सांग्रिला डेभलपमेन्ट बैंकले २०औं वार्षिक साधारण सभा सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैंकले २०औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले २०औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकले अम्रपाली ब्याङ्क्वेट बालुवाटारमा साधारणसभा सम्पन्न गरेको हो  । यस डेभलपमेन्ट बैंकको चुक्ता पूँजी तीन अर्ब त्रिचालीस करोड नौ लाख एकहत्तर हजार तीन सय दुई रुपैयाँ पचपन्न पैसाको ३.६५१६ प्रतिशत बाह्र करोड बाउन्न लाख चौरासी हजार चार सय सत्र रुपैयाँ मात्र बराबरको बोनस शेयर र कर भुक्तानी प्रयोजनका लागि चुक्ता पूँजीको ०.१९२२ प्रतिशतले हुन आउने रकम पैसठ्ठी लाख त्रियानब्बे हजार नौ सय सत्र रुपैयाँ  नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

यो प्रस्ताव पारित भएसँगै सांग्रिला डेभलपमेन्ट बैंकको चुक्ता पूँजी तीन अर्ब पचपन्न करोड बैसट्ठी लाख पचपन्न हजार सात सय उन्नाइस रुपैयाँ पचपन्न पैसा पुगेको बैंकले जनाएको छ । साधारण सभाले आव २०८०र८१ को वित्तीय विवरणसहित लेखा परीक्षकको नियुक्ति, प्रवन्धपत्र संशोधन, मर्जर तथा प्राप्तिलगायतका प्रस्ताव समेत पारित गरेको छ । बैंकले हाल मुलुकभर ११२ शाखा कार्यालय, ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको जनाएको छ ।